FAQs Complain Problems

समाचार

समयमाइ मन्दिर

Read More

कार्यपालिकाको बैठक

Read More

नाम फरक परेकाे ले साेहि व्यक्ति फरक हाेइन भनि सिफारिसकाे लागि के गर्नु पर्छ

१. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र २. नाम फरक परेकाे पुष्टि गर्ने प्रमाणित कागजातहरु ३. चालु आ‍.ब. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृति सम्पत्ती कर तिरेकाे रसिद कर निर्धारण स्वीकृत भएकाे कागजात ४. सम्बन्धित व्यक्ति वा हकवाला उपस्ठित भई सनाखत गर्नु पर्ने ५. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काकाे प्रतिवेदन माग गर्न सक्ने 

स‌ंक्ष्पित परिचय

प्रदेश नं ५ अन्तरगत पर्ने कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका एक महत्वपुर्ण गाउँपालिका हो । यशोधरा गाउँपालिका कपिलवस्तुको जिल्लाको माध्य दक्षिणमा अवस्थित छ । यस गाउँपालिकाको पुर्वमा मायादेवी गाउँपालिका पश्चिममा महराजगंज नगरपालिका रहेकाछ भने उत्तरमा कपिलवस्तु नगरपालिका छ र दक्षिणमा छिमेकी राष्ट्र भारत रहेको छ । यो गाउँपालिकामा मधेशी बहुल्यता रहेको छ । यहा ब्राहमण मुस्लिम कुर्मी यादवपासी कलवार चमार मल्लाह धोबी गुप्त लगायतका जातजातीहरुको बहुल्यता रहेको छ ।यो कपिलवस्तु जिल्लाको साविक गा‍.वि.स.

यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ

यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |

जनप्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
लेखा अधिकृत

सेवाहरु

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- पशु सेवा शाखा, कृषि सेवा शाखा र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यालय, गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१‍. निवेदन २. कृषक/पशु समुह को विद्यान ३ प्रति ३. हित काेष रकम फारम ३ प्रति ४. समुहकाे सदस्यहरुकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ५. समुहको वार्षिक कार्ययाेजना ६. लेखापरीक्षण प्रतिवेदन

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- कार्यालयकाे निर्णय भए पछि
जिम्मेवार अधिकारीः- गा‍.पा. अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१‍. निवेदन २. शैक्षिक गुठीकाे विद्यान वा कम्पनीकाे प्रवन्धपत्र तथा नियमावलीकाे प्रतिलिपि ३. जग्गा वा भवन भाडामा लिने भए कम्तिमा ५ वर्षकाे लागि घर वा जग्गाकाे कबुलियत नामाकाे प्रतिलिपि ४.प्रस्ताविक विद्यालयकाे शैक्षिक नक्सा ५. सबै भन्दा नजिकको २ विद्यालयकाे सहमति ६. वि.व्य.स. काे निर्णय ७. शिक्षा एेन वा नियमावली अनुसार अावश्यक कागजात

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यालय, गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१‍. निवेदन २‍.न‍ागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ३‍. वडाकाे सिफारिस ४.चार किल्ला प्रमाणित ५‍. अाय व्याय प्रमाणित ६‍. व्यवसाय भएकाे जग्गाकाे लालपुर्जा ७. हाल साल खिचेकाे पास पाेर्ट साइज फाेटाे

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५ सय
आवश्यक कागजातहरुः-

१. घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेकाे निवेदन २. नागरिकताकाे प्रतिलिपि ३. मृतक र निवेदक विचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि ४. जग्गा धनिकाे लालपुर्जाकाे प्रतिलिपि ५. चालु अा.ब. सम्मकाे सम्पत्ति कर तथा मालपाेत शुल्क रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१‍‍. निवेदनपत्र २. नागरिकताकाे प्रतिलिपि ३. अदालतबाट सम्बन्ध विच्छेद भएकाे हकमा अदालतकाे फैलाकाे प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

‍१. निवेदन पत्र २‍. दुल्हा र दुल्हीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

सम्बन्धित परिवारकाे बरिष्ठ सदस्यले बच्चाकाे बाबुकाे नागरिकता लिइ उपस्थित भइ सुचना फारम भरि पेश गर्नुपर्ने
चालु अार्थिक वर्ष सम्म यशाेधरा गाउँपालिकालार्इ बुझाउनु पर्ने सम्पूर्ण सम्पत्ती कर र मालपाेत बुझाएकाे प्रमाण

जानकारी