FAQs Complain Problems

संक्षिप्त परिचय

प्रदेश नं ५ अन्तरगत पर्ने कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका एक महत्वपुर्ण गाउँपालिका हो । यशोधरा गाउँपालिका कपिलवस्तुको जिल्लाको माध्य दक्षिणमा अवस्थित छ । यस गाउँपालिकाको पुर्वमा मायादेवी गाउँपालिका पश्चिममा महराजगंज नगरपालिका रहेका छ भने उत्तरमा कपिलवस्तु नगरपालिका छ र दक्षिणमा छिमेकी राष्ट्र भारत रहेको छ । यो गाउँपालिकामा मधेशी बहुल्यता रहेको छ । यहा ब्राहमण मुस्लीम कुर्मी यादव पासी कलवार चमार मल्लाह धोबी गुप्त लगायतका जातजातीहरुको बहुल्यता रहेको छ।
यो कपिलवस्तु जिल्लाको साविक गाउँ विकास समिति तितिर्खी गौरी बसंन्तपुर परसोहिया बैदौली रंगपुर सोमडिह र सिहोखोर संमायोजन भई बनेको गाउँपालिका हो । यसको कुल क्षेत्रफल ६७७५ वर्ग किमी जनसंख्या ३८९५२ र केन्द्र बैदौली कपिलवस्तु रहेको छ ।
यो गाउँपालिकाको उत्तरमा अवस्थित गौतम बुद्धको पवित्र स्थल कुदान(लोरिक कुदान) जुन बौधधर्मालम्बीहरुको पर्टयकिय दृश्टीकोणले महत्तवपूर्ण छ साथै यसको पूर्वमा सिसहनीयाकोट एतिहासिक स्थलको दृश्टीकोणले महत्तवपूर्ण रहेको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ

यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |